सुशान्तबारे प्रहरीको स्पष्टीकरण : रक्सी खाएर होहल्ला गरेकाले नियन्त्रणमा लिएका हौं – Nepal Press

सुशान्तबारे प्रहरीको स्पष्टीकरण : रक्सी खाएर होहल्ला गरेकाले नियन्त्रणमा लिएका हौं

काठमाडौं । डान्सर सुशान्त खत्रीलाई नियन्त्रणमा लिएर दुव्र्यहार गरिएको विषयमा प्रहरीले स्पष्टीकरण दिएको छ । सोह्रखुट्टे प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि उनलाई काठमाडौंको एउटा क्लवबाट पक्राउ गरी एक घन्टा हिरासतमा राखिएको थियो ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका सहायक निरीक्षक विवेक खड्काले सुशान्त सहितका व्यक्तिहरुले बिहान ४ बजे नै रक्सी खाएर अरुलाई डिस्टर्व गरेकाले पक्राउ गरिएको बताए । खत्रीलाई प्रहरीले हातपात नगरेको उनको दावी छ ।

खड्काले नेपाल प्रेससँग भने, ‘उहाँलाई त्यहाँ कसैले नचिनेको थिएन, हातपात भएकै छैन ।’ उनले कलाकार भएकै कारण एक घन्टा मात्रै हिरासतमा राखेर छोडिएको बताए ।

‘उहाँसँगै पक्राउ परेकाहरुलाई अझै छोडिएको छैन, उहाँ कलाकार भएकाले सम्मान गरेर एक घन्टामै छोडेका हौं,’ उनले भने । खत्रीले भने फेसबुकमा लाइभ आएर प्रहरीले आफुमाथी अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । उनले आफूमाथी प्रहरीले झापडसमेत हानेको भन्दै कानूनी कारवाहीमा जाने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *