मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा – Nepal Press
प्रदेश १

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले आज राजीनामाको घोषणा गरेका थिए ।

अंकगणितले मेल नखाएको भन्दै आचार्यले राजीनामा दिएको बताएका छन् । आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर