खेतमा भेटियो २५ वर्षीय सचिनको शव, हत्याको शंका – Nepal Press

खेतमा भेटियो २५ वर्षीय सचिनको शव, हत्याको शंका

जनकपुरधाम । सिरहाको सुखिपुर नगरापालिका– ४ दहिपौडीस्थित धानखेतमा एक युवकको शव फेला परेको छ । दैहिपौडीको नहरदेखि दक्षिणमा पर्ने धानखेतमा औरही गाँउपालिका– ४ नवटोलीका २५ वर्षीय सचिन यादवको शव फेला परेको हो । बिहान खेत गएका किसानले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेर प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि सिरहा अस्पताल पठाएको छ । मृत फेला परेका युवकको पेटमा चोट देखिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मृतक ट्याक्टरमा मजदुरी गर्थे । उनी आइतबार ढुङ्गा लिन ट्याक्टरमै नदी गएका थिए । उनको हत्या भएको हुनसक्ने प्रहरीको शंका छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर