मन्त्री झाँक्रीको स्वास्थमा सुधार, शुक्रबारसम्म डिस्चार्ज हुनसक्ने – Nepal Press

मन्त्री झाँक्रीको स्वास्थमा सुधार, शुक्रबारसम्म डिस्चार्ज हुनसक्ने

रूपन्देही । स्वास्थ्यमा समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना भएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा सुधार आएको छ ।

रुघाखोकी, ज्वरो, निमोनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकी मन्त्री झाँक्री गत बिहीबार अस्पताल भर्ना भएकी हुन् ।

अहिले ज्वरो, निमोनियालगायतका स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उपचारमा सलग्न चिकित्सकहरुले बताएका छन् । अझैपनि स्वास्थ्य संवेदनशीलता रहेको कारण चिकित्सकहरुले भेटघाटलाई बन्द गराउन सल्लाह दिएका छन् ।

चिकित्सकहरुकै सल्लाहअनुसार उपचार, भेटघाट र खानपानको व्यवस्था मिलाइएको मन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा क्रमिक सुधार आएकाले शुक्रबारसम्म अस्पतालले डिस्चार्ज गर्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर