यु-२३ फुटबल: नेपाल जितविहीन – Nepal Press

यु-२३ फुटबल: नेपाल जितविहीन

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित तथा गोलविहीन बनेको छ । प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबलानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

नेपाल जितविहीन रहँदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन । नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *