टी-२० विश्व कप: अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्यान्ड भिड्दै – Nepal Press

टी-२० विश्व कप: अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । समूह- २ अन्तर्गत हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया भिड्दैछन् । अबुधावीमा हुने खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो ।

यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् । दुबईमा हुने खेल खेल राति ७:४५ बजे सुरु हुनेछ । प्रतियोगितामा दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले आइतबारको खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् ।

समूह-२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर