सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी, प्रकाश ज्वाला भन्छन्–बागमती र सुदूरमा हाम्रो नेतृत्व – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी, प्रकाश ज्वाला भन्छन्–बागमती र सुदूरमा हाम्रो नेतृत्व

सुर्खेत । नेकपा (एकिकृत समाजवादी) एसले सुदुरपश्चिममा सरकारको नेतृत्व दाबी गरेको छ । पार्टीका उप–महासचिब प्रकाश ज्वालाका अनुसार सबैभन्दा ठूलो दल समाजवादी नै रहेकोले सुदूरपश्चिममा दाबी गर्नु अनौठो होइन ।

नेपाल प्रेससँग ज्वालाले भने, ‘हामिले कर्णाली ताकेका छैनौ । सुदूरपश्चिममा हाम्रो दाबी छ । बागती र सुदुरपश्चिममा हाम्रो नेतृत्व हुन्छ । कर्णालीका बारेमा अहिले बोल्न जरुरी छैन् ।’

यसैबिच, कर्णालीका तीन मन्त्रीको भोली अन्तिम दिन हो । मन्त्रालयले भोली विशेष कार्यक्रम आयोजना गर्दै मन्त्रीको बिदाइ गर्ने भएको हो । १३ गते राजिनामा दिने भनिए पनी भोलि मात्र दिने योजना रहेको उद्योग पर्यटन बन तथा वातावरणमन्त्री नन्दसिङ्ग बुढाले बताए ।

सुदूरपश्चिम प्रदेशमा भने नेकपा एसका नेता दिर्घ सोडारीको नेतृत्वमा सरकार बनाउने तयारी सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर