अर्ली इलेक्सन नहुने निश्चित छ: प्रचण्ड – Nepal Press

अर्ली इलेक्सन नहुने निश्चित छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन नहुने स्पष्ट पारेका छन् । उनले गठबन्धनको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकाल रहने बताए ।

सर्लाहीमा आयोजित कार्यक्रममा जानका लागि विमानबाट जनकपुरधाम आइपुगेका प्रचण्डले गठबन्धनमा कुनै मतभेद नरहेको दावी गरे ।

उनले भने, ‘अहिलेसम्म गठबन्धनमा विवाद छैन् । सबै निर्णय सहमतिमै भएको छ । म गठबन्धनविरूद्ध बोलेको छैन ।’

अध्यक्ष प्रचण्डले नागरिकता जस्ता महत्वपूर्ण विधेयक अध्यादेशमार्फत ल्याउने पनि बताए ।

‘विपक्षीको बखेडाले सदन अवरूद्ध छ’, उनले भने, ‘त्यसैले अध्यादेश मार्फत महत्वपूर्ण विधेयकहरु ल्याउछौं । तर नागरिकता विधेयकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमती बनोस् भन्ने चाहेका छौं ।’

उनले राष्ट्रियसभाको चुनावमा पनि गठबन्धनको संयूक्त उम्मेदबार खडा गर्ने बताए । उम्मेदबार चयन सहमतीको आधारमा हुने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर