पीएसजीको जितमा डी मारिया नायक – Nepal Press

पीएसजीको जितमा डी मारिया नायक

काठमाडौं । एन्जल डी मारियाको उत्कृष्ट प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिगवान्मा लिलेमाथि २–१ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ०–१ गोलको नतिजामा पछाडी परेको पीएसजीले दोस्रो हाफमा खेलमा पुनरागमन गर्दै तीन अंक हासिल गर्न सफल भयो ।

बुराक यिल्माजको पासमा योनाथान डेविडले ३१औं मिनेटमा गोल गर्दै भ्रमणकारी लिलेलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । यद्यपि, घरेलु टोलीको दबाब सहन नसकेको लिलेले दोस्रो हाफमा दुई गोल खाँदै अग्रता जोगाउन सकेन ।

खेलको ७४औं मिनेटमा मार्किन्होसलाई गोलका लागि सुन्दर पास दिएका डी मारियाले आफ्नै नाममा एक गोल गर्न सफल भए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी रहँदा नेइमारको पासलाई सदुपयोग गर्दै डी मारियाले पीएसजीका लागि विजयी गोल गरेका थिए ।

जितसँगै १२ खेलमा ३१ अंक जोडेको पीएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लेन्सको ११ खेलबाट २१ अंक छ । पराजित लिले १२ खेलमा १५ अंक जोडेर ११औं स्थानमा सीमित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *