राष्ट्रियसभा निर्वाचनका लागि सरकारसँग आयोगको दुई मिति प्रस्ताव – Nepal Press

राष्ट्रियसभा निर्वाचनका लागि सरकारसँग आयोगको दुई मिति प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघ ७ वा १० गते गराउन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच कात्तिक ८ गते भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको हो ।

तर, हिजोको मन्त्रिपरिषद् बैठकले यसमा केही निर्णय गरेन । राष्ट्रसंघको जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेकाले उनी फर्किएपछि मितिसम्बन्धी निर्णय हुने बताइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘फागुन २१ गते एकतिहाइ सदस्यको पद रिक्त हुँदैछ । त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ ।’

तयारीका लागि करिब ९० दिन लाग्ने भएकाले सरकारसँग छलफल गरेर मिति घोषणाका लागि प्रस्ताव गरेको पौडेलले बताए ।

यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपाध्यक्षसहित २० सांसद फागुनमा पदमुक्त हुँदै, कुन पार्टीका कति ? (सूचीसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर