ए डिभिजन लिगको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने – Nepal Press

ए डिभिजन लिगको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने

काठमाडौं । कात्तिक २९ गतेदेखि सुरु हुने शहीद स्मारक ए डिभिजनको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार २९ गते साँझ ५ बजे दशरथ रंगशलामा हुने खेलमा फ्रेन्ड्स र सातदोबाटोबीच पहिलो खेल हुने निश्चित भएको हो ।

फ्रेन्ड्स सन् २०१९ मा भएको अन्तिम सिजन १३ खेलबाट १४ अंक जोडेर ११औं स्थानमा रहँदै सिजन टुङ्ग्याएको थियो । त्यस्तै, सातदोबाटो गत सिजन बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजन लिगमा बढुवा भएको हो ।

यो सिजन गत वर्षका १३ टोली र यो वर्ष बी डिभिजनबाट शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा १३ चरणका ९१ खेलहरू हुनेछन् । एन्फाले शुक्रबा सार्वजनिक गरेको खेल तालिकामा शुरुआती तीन चरणका खेलको मात्रै समय, तालिका र स्थान उल्लेख गरिएको छ ।

यो सिजन लिगका खेलहरू च्यासल मैदान र मनाङ मर्स्याङ्दी क्लबको होम ग्राउन्ड पोखरामा पनि खेलाउने प्रयास भइरहेकोले त्यसपछिका खेलको समय, मिति र स्थान सार्वजनिक नगरिएको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए ।

गत सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई अन्तिम खेलमा १(० ले पराजित गर्दै मच्छिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको थियो । यो वर्ष आर्मी, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, ब्रिगेड ब्वाइज क्लब, च्यासल युथ क्लब, संकटा क्लब र न्यूरोड टिम ९एनआरटी० ले प्रतिस्पर्धा गर्दैछन् ।

अघिल्लो संस्करणको तुलनामा आगामी संस्करणको नगद पुरस्कार वृद्धि भएको छ । आगामी सिजनको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले ७५ लाख प्राप्त गर्नेछ ।

विगतमा जस्तो विधागत उत्कृष्ट हुँदैन

उत्कृष्ट गोलकिपर, मोस्ट भ्यालुएबल प्लेयर, र राइजिङ प्लेयर र सर्वाधिक गोलकर्ताको अवार्ड हुनेछ । प्रत्येक खेलको विजेता टोलीले ५० हजार

बराबरी हुँदा प्रत्येक खेलमा २५र२५ हजार पाउने छन् । गोलकिपरले गोल्डेन ग्लोब, मोस्ट भ्यालुएबलले गोल्डेन बल पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *