फेरि जुम्ल्याहा सन्तानको पिता बन्दै क्रिस्टियानो रोनाल्डो – Nepal Press

फेरि जुम्ल्याहा सन्तानको पिता बन्दै क्रिस्टियानो रोनाल्डो

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो र प्रेमिका जर्जिना रोड्रिगेज फेरि जुम्ल्याहा सन्तानको आमाबुबा बन्दैछन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बिहिबार रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज जम्ल्याहा सन्तानको आशमा रहेको बताएका छन् ।

उनीहरुले यो समाचार पुष्टि गर्दै लेखेका छन्,‘ हामी जुम्ल्याहा बच्चाको आशा गरेका छौँ भनेर घोषणा गर्न पाउँदा खुसी छौँ । हाम्रो हृदय प्रेमले भरिएको छ, ‘हामी तिमीलाई भेट्न आतुर छौँ ।’

रोनाल्डोका अहिले चार बच्चा छन्। उनकाे ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना गरी चार बच्चा छन्।

बिहीबार रोनाल्डोले इन्स्टाग्राममा गरेको पोष्टले तीन घण्टामा १६।७ मिलियन लाइक कमाएको थियो । यसै सिजन ट्रान्सफर विन्डोको अन्त्यमा युभन्टसबाट १२ वर्ष पछि युनाइटेड फर्किएका रोनाल्डोले सबै प्रतियोगितामा ९ खेल खेल्दै ६ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *