मलाई डेढ लाखको खाटमा सुत्यो भने, ओलीले बालुवाटारलाई दरबार बनाउन खोजे : प्रचण्ड (भिडिओ) – Nepal Press

मलाई डेढ लाखको खाटमा सुत्यो भने, ओलीले बालुवाटारलाई दरबार बनाउन खोजे : प्रचण्ड (भिडिओ)

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिन्दगीभर प्रधानमन्त्री बन्ने केपी ओलीको सपना पूरा नहुने दावी गरेका छन् । भरतपुर महानगर कमिटीको कार्यक्रममा बोल्दै उनले भने, ‘केपीले त राजै भएँ, अब मैले दरबार छोड्नुपर्दैन भनेजस्तो गरेका रहेछन् ।’

प्रचण्डले प्रधानमन्त्री निवास तथा कार्यालय निर्माणको कामलाई ओलीले दरबारजस्तो बनाउन खोजिएको आरोप लगाए । नेकपाकालमा ओलीले थाइल्यान्ड, इटाली र रोमबाट महंगा सामान ल्याएको प्रचण्डको आरोप छ ।

‘म प्रधानमन्त्री बनेका बेला डेढलाखको खाटमा सुत्यो भनेर प्रचार गरियो, त्यो खाट मैले किनेको थिइन, त्यो खाट भाँच्न पनि भएन”, उनले भने, ‘ओलीले राजा ठानेर राजकीय जीवन विताउन दरबार बनाउन लागेका रहेछन ।’

राजा ठानेर दरबार बनाउन खोज्ने र विलासिताका सामान ल्याउने ती प्रधानमन्त्रीलाई चिनेर जनताले सजाय दिनुपर्ने प्रचण्डको माग छ । ओलीको हातबाट केन्द्र सरकार गुमिसकेपछि अब छिट्टै सबै प्रदेश सरकारहरू पनि गुमाइदिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर