प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस – Nepal Press

प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । प्राविधिक सेवातर्फ रिक्त रहेको सचिव पदमा बढुवाका लागि दुई सहसचिव सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त प्राविधिक एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो ।

समितिले पहिलो नम्बरमा कृषि तर्फका सहसचिव निरु दाहाल, दोस्रो नम्बरमा बन तर्फका दिपक खराल र तेस्रो नम्बरमा कृषि तर्फका रेवतीरमण पौडेलको नाम सिफारिस गरेको जनाएको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेको तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा एक नम्बरमा सिफारिस भएकी दाहालको बढुवा हुनसक्ने अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको कृषितर्फ निमित्त सचिवको जिम्मेवारीमा रहेकी दाहाल मन्त्रालयमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने पौडेल मन्त्रालयमा खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । खराल भने बन तथा वातावरण मन्त्रालय अन्तरगतको रेड कार्यान्वयन केन्द्रको प्रमुख छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर