विपद्मा बेपत्ता भएका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

२०७८ कार्तिक ११ गते १८:४१

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परेर बेपत्ता भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुइ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर