माओवादी प्रभाव क्षेत्र थवाङमा एमालेको संगठन निर्माण (तस्बिरहरु) – Nepal Press

माओवादी प्रभाव क्षेत्र थवाङमा एमालेको संगठन निर्माण (तस्बिरहरु)

रोल्पा । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

थवाङमा र्‍याली निकालेर एमाले पालिका अधिवेशन शुरु भएको छ । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ । एमाले जिल्ला नेता ईश्वरी जिएमका अनुसार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् ।

त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् । अहिले बन्द सत्र जारी छ। आजै नेतृत्व चयन गरिने बताइएको छ। थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।


प्रतिक्रिया

One thought on “माओवादी प्रभाव क्षेत्र थवाङमा एमालेको संगठन निर्माण (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर