चितवनमा प्रचण्डको गुनासो- केपी ओलीले राम-लक्ष्मण ल्याएर मसित भिडाइदिनुभयो (भिडिओ) – Nepal Press

चितवनमा प्रचण्डको गुनासो- केपी ओलीले राम-लक्ष्मण ल्याएर मसित भिडाइदिनुभयो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान राम-लक्ष्मणसँग आफूलाई भिडाइदिएको गुनासो गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भगवान्‌को मूर्ति ल्याएरमात्रै यहाँका जनताको हित नहुने बताए ।

माडीका स्थानीयबासीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले माडी र हनुमानझोलाको समस्या समाधान गर्न त्यसबेला प्रधानमन्त्रीसँग रातोपीरो हुने गरी बहस गर्नुपर्‍यो । तर, उहाँले यहाँको जनताका समस्या हल गर्नेभन्दा राम, लक्ष्मण र सीता ल्याएर मसँग भिडाइदिन खोज्नुभयो ।’

राम लक्ष्मणका मूर्ति ल्याएकोमा आफूलाई आपत्ति भने नरहेको प्रचण्डले बताए । राम्रोसँग अध्ययन अनुसन्धान गरेर धार्मिक पर्यटनको विकास गर्न सकिए आफू खुसी हुने उनको भनाइ छ ।

‘तर, प्रमाणित नभइ, अध्ययन अनुसन्धान नभइ राम र लक्ष्मणको मूर्तिमात्रै ल्याएर यहाँका जनताको हित हुने होइन,’ प्रचण्डले भने ।
तत्कालीन प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मस्थान माडीको अयोध्यापुरीमा भएको भन्दै आफ्नै पहलमा त्यहाँ राम-सीताको मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर