विराज महर्जनको कप्तानीमा च्यासलले प्रि-सिजन खेल्दै – Nepal Press

विराज महर्जनको कप्तानीमा च्यासलले प्रि-सिजन खेल्दै

काठमाडौं । च्यासल युथ क्लबले विराज महर्जनको कप्तानीमा आजदेखि प्रि-सिजन खेल्ने भएको छ ।

कात्तिक २९ देखि सुरू हुने शहीद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको च्यासलले आजदेखि मोरङको बेलबारीमा आयोजना हुने लक्ष्मी मार्ग अन्तर्राष्ट्रिय आमन्त्रित प्रतियोगिता खेल्दैछ ।

गत सिजन सन्तोष साहुखलको कप्तानीमा ए डिभिजन लिग खेलेको च्यासलले यस सिजनका लागि बिराजलाई भित्र्याएको हो । बिराजले गत सिजन मच्छिन्द्र क्लबबाट ए डिभिजन लिग खेलेका थिए । नेपाली राष्ट्रिय टोलीबाट गत चैतमा सन्यास लिएका विराजले यसअघि एनआरटी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग खेलेका थिए ।

विराज मनाङ, थ्री स्टार र मछिन्द्रबाट लिग जितिसेकेका छन् । यस सिजन च्यासलले विकास मेराग्लियालगायतका विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *