कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो हो: एन्सेलोटी – Nepal Press

कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो हो: एन्सेलोटी

काठमाडौं । बार्सिलोनाबाट प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो भएको रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् । खराब लयबाट गुज्रिरहेको बार्सिलोना बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० गोलको नतिजामा पराजित भएसँगै कोम्यान बर्खास्त भएका थिए ।

सिजनको सुरुआतदेखि नै खराब लयमा रहेको बार्सिलोनाले ला लिगाको नवौं खेलमा बुधबार राति हार बेहोरेसँगै तीव्र आलोचनाका शिकार भएका कोम्यानलाई बर्खास्त गरेको हो । उनको बर्खास्तप्रति प्रतिक्रिया दिँदै एन्सेलोटेले प्रशिक्षकको कामको प्रवृत्ति नै यस्तै रहने प्रतिक्रिया दिएका हुन् ।

‘म धेरै पटक बर्खास्त भएँ, र अहिले यहाँ छु, अझै खुशी र जिवित छु,’ ओसासुनाविरुद्धको गोलरहित बराबरीपछि उनले भने, ‘बर्खास्त हुनु पेसाकै एक पाटो हो । बर्खास्त नहुन्जेल आफ्नो सतप्रतिशत दिनुपर्छ ।’

ओसासुनाविरुद्धको बराबरीसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, रियालले पछिल्ला चार खेलमा चार अंक मात्रै जोडेको छ । एन्सेलोटीको रियाल मड्डि पछिल्ला तीन खेलमा जितविहीन छ । यस्तै च्याम्पियन्स लिगमा पनि पहिलो पटक खेल्न लागेको शेरिफसँग घरेलु मैदानमा २–१ गोलको नतिजामा पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *