प्रधानन्यायाधीश प्रकरणमा माधव नेपालको टिप्पणी– सबै ओलीले विगारेका हुन् (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीश प्रकरणमा माधव नेपालको टिप्पणी– सबै ओलीले विगारेका हुन् (भिडिओ)

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीमाना गर्नुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अधिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

आज कैलाली पुगेका नेपालले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा ओलीले अनावश्यक रिस साँधिरहेको आरोप लगाए ।

‘यो सबै कुरा केपी ओलीले विगारेको हो । उहाँले स्वतन्त्र न्यायपालिकालाई अनावश्यक लान्छाना लगाउने काम गर्दै आउनुभएको छ, त्यो उहाँको अत्यत्नै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रबृतिको उपज हो,’ अध्यक्ष नेपालले भने, उहाँले आफ्नो पक्षमा नभएका कसैलाई पनि सहन सक्नुहुन्न । उहाँको यो असहिष्णु स्वभाव, अलोकतान्त्रिक र जवजविरोधी स्वभाव र चरित्र नै यो मुलुकका लागि ठूलो समस्या भएको छ ।’

नेता नेपालले गठबन्धनभित्र प्रधानन्यायाधीश वा न्यायाधीशबारे कुनै छलफल नभएको प्रष्ट पारे । नेताहरु देश दौडाहामा रहेको समयमा लामो समयदेखि गठबन्धनको बैठक नै नबसेको उनको भनाई थियो ।

प्रदेशको नेतृत्वमा दलीय सहमतिअनुसार भागबण्डा गरिएको र प्रदेशमा जुन दल ठूलो छ उसैले नेतृत्व गर्ने गरी सहमति भएको उनको भनाई छ । सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुन्छ त ? भन्ने प्रश्नमा घुमाउरो जवाफ दिए । ‘सबैभन्दा ठूलो दल भएपछि त्यहाँको नेतृत्व त्यही पार्टीले गर्नेछ,’ उनको हास्दै थपे, ‘तर सबै कुरा मेरै मुख बाट भन्न लगाउनुहुन्छ ? गठबन्धनमा विवाद ल्याउन खोज्नुभएको ?’

उनको अर्ली इलेक्सनको सम्भावना नरहेको बताउँदै सबै कुरा गठबन्धनभित्र छलफल गर्ने र आगामी निर्वाचनसम्म सहकार्य गर्ने बताए । गठबन्धनमा कुनै पनि समस्या नरहेको उनको भनाइ छ ।

नेता नेपालले समाजवादी पार्टीको संगठन विस्तार भइरहेको र आफ्नो पार्टीमा जनलहर आएको दावीसमेत गरे । ‘साझा विवेकशील पार्टीदेखि थुप्रै पार्टीसँग सहकार्य र एकताका लागि छलफल चलाइरहेका छौं,’ उनले भने ।

 


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीश प्रकरणमा माधव नेपालको टिप्पणी– सबै ओलीले विगारेका हुन् (भिडिओ)

  1. बिरोध गर्दा पनि कति शिष्टता र आदरभाव ।
    ए ओली बा तिमीले यस्तो धिष्टता र आदरभावले बोल्न कहिले सिक्छौ ।
    जीवनको अन्तिम घडी आइसक्दा पनि
    बोल्ने ढंंगमा सुधार गर्न पर्दैन ? भोली हामीले श्रद्धांजलि दिंदा तपाइको बखान कसरी गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर