एमाले स्थायी समिति बैठक बस्दै, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड बनाइने – Nepal Press

एमाले स्थायी समिति बैठक बस्दै, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड बनाइने

काठमाडाैं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेशनको प्रक्रिया अनुसार एमालेले देशभर कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गरेको छ ।

‘आजको बैठकमा वडा र पालिका अधिवेशनहरुबारे समीक्षा र रिपोर्टिङ हुनेछ,’ कार्यालय सचिव तामाङले नेपालप्रेससँग भने, ‘उपाध्यक्ष भीम रावलले चिठ्ठी छोड्नुभएको छ । त्यसलाई जस्ताको तस्तै आज अध्यक्षलाई दिनेछौं ।’

आजको बैठकले पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिए । मंसिरमा एमाले महाधिवेशन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर