रुपन्देहीमा सीताले जन्माइन् चार छोरी, आमा र बच्चाहरुको अवस्था सामान्य – Nepal Press

रुपन्देहीमा सीताले जन्माइन् चार छोरी, आमा र बच्चाहरुको अवस्था सामान्य

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा जन्माएकी छन् । सो अस्पतालमा पाल्पाको माथागढी गाउँपालिका-१ निवासी २४ बर्षीया सीता सार्कीले मंगलबार चार छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालको सूचना शाखाका अनुसार कात्तिक ६ गते अस्पताल भर्ना भएकी सीताको मंगलबार दिउंसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।

सीताका चार छोरीहरु क्रमशः एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका छन् । नवजात शिशुको दुई किलो चार सय ग्राम तौल सामान्य मानिन्छ । त्यसअनुसार उनीहरुको तौल आधा कम छ ।

बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिरी इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ । परिवार तथा आफन्त अब कसरी उनीहरुलाई हुर्काउने भन्ने विषयमा चिन्तित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर