मैदानमा घुँडा नटेक्दा डी ककमाथि कारवाही: विश्वकप टिमबाटै हटाइए – Nepal Press

मैदानमा घुँडा नटेक्दा डी ककमाथि कारवाही: विश्वकप टिमबाटै हटाइए

काठमाडौं । दक्षिण अफ्रिकी विकेटकिपर-ब्याट्सम्यान डी ककले जारी आईसीसी टी-२० विश्वकपका सबै खेल गुमाउने भएका छन् ।

मंगलबार वेस्ट इन्डीज विरुद्धको खेल सुरु हुनुभन्दा एक घण्टा अगाडी दक्षिण अफ्रिकाकाे क्रिकेट बाेर्डले एक विज्ञप्ति जारी खेलाडीहरूले घुँडा टेकेर  रंगभेदकाे विराेधमा एक्यवद्धता जनाउन निर्देश गरेकाे थियो । तर डि ककले घुँडा नट्क्ने निर्णय गर्दै खेलबाट नाम फिर्ता लिएका थिए । त्यसकाे कारवाही स्वरुप उनलाई टिमबाटै हटाइएकाे छ । उनकाे स्थानमा दक्षिण अफ्रिकाले  रेजा हेन्ड्रिक्सलाई टोलीमा समावेश गरेको छ ।

दक्षिण अफ्रिकी क्रिकेट संघले टी-२० विश्वकपमा सबै खेलाडीलाई खेल सुरु हुनु अगाडी घुँडा टेक्न अनिवार्य गरेको छ । यो ‘ब्ल्याक लाइभ्स म्याटर्स’ अभियानलाई समर्थन गर्नका लागि गरिएको हो ।

निर्दोष अश्वेत नागरिक जर्ज फ्लोएडको अमेरिकामा प्रहरीले हत्या गरेपछि विश्वभर रंगभेदी व्यबहारको विरोधमा खेल सुरु हुनुअघि ‘नि डाउन’ गरेर ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको समर्थन गर्न थालिएको हो ।

यद्यपि, अन्य खेलका खेलाडीहरूले पनि अहिले घुँडा टेक्न छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *