बंगलादेशका साइफुदिनले विश्व कपका बाँकी खेल गुमाउने – Nepal Press

बंगलादेशका साइफुदिनले विश्व कपका बाँकी खेल गुमाउने

काठमाडौं । मोहमद साइफुदिनले जारी पुरुष टी-२० विश्वकपको बाँकी खेल गुमाउने भएका छन् । बंगलादेशले घाइते साइफुदिनको ठाउँमा रुबेल होसाइनलाई बाँकी खेलका लागि टोलीमा समावेश गरेको छ ।

क्रिस टेट्ली (हेड अफ इभेन्ट्स, चेयर), स्लिभ हिट्चकक (आईसीसी- सिनियर क्रिकेट म्यानेजर), राहुल द्रविड र धिरज मल्होत्रा (बीसीसीआई प्रतिनिधि), साइमन डुलु र इयान बिशप (स्वतन्त्र सदस्य) सम्मिलित इभेन्ट टक्निकल कमिटिले उनको प्रतिस्थापनका लागि गरेको अनुरोध मंगलबार स्वीकृत गरेको छ ।

अलराउन्डर साइफुदिनले प्रतियोगिताको सुरुआती चार खेलमा बंगलादेशका लागि ५ विकेट लिएका थिए । तर, ढाडमा चोट लागेपछि बाँकी खेलहरू गुमाउने भएका हुन् ।

रुवेल बंगलादेशले राखेका रिजर्भ खेलाडीमध्ये एक हुन् । उनी बंगलादेशको प्रारम्भिक टोलीसँगै यूएई गएका थिए । उनले बंगलादेशबाट २८ टी २०आई सहित १ सय ५९ खेलहरु खेलिसकेका छन् ।

जसमध्य उनले १२ वर्ष अगाडि २००९ को आईसीसी टी–२० विश्व कपमा २ खेल खेलेका थिए । बंगलादेशले आज सुपर १२ अन्तर्गत ग्रुप ‘वान’ को खेलमा इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *