पटाकासहित गोर्कणबाट किराना पसल सञ्चालक पक्राउ – Nepal Press

पटाकासहित गोर्कणबाट किराना पसल सञ्चालक पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक पटाकासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा किराना पसल सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका(५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन् ।

उनलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा पटाका भण्डारण गरी ब्रिकी गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *