मलिकले तोडे धोनीको कीर्तिमान! – Nepal Press

मलिकले तोडे धोनीको कीर्तिमान!

काठमाडौं । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ । उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए । धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन् ।

मलिकले न्युजिल्यान्डविरुद्ध २६ रनको अपराजित पारी खेल्दै यो कीर्तिमान तोडेका हुन् । उनी मंगलबार न्युजिल्यान्डविरुद्ध लक्ष्य पछ्याउँदै २१ पटक नटआउट फर्किए र धोनीलाई ओभरटेक गर्न सफल भए ।

लक्ष्य पछ्याउने क्रममा धोनीले अन्तिम चार ओभरमा कुल १ सय ८९ बल सामना गर्दै २ सय ९५ रन बनाएका थिए । उनले १५६.०८ को स्ट्राइक रेट र ४९.१७ को औसतमा रन बनाएका थिए । मलिकले पनि धोनीको बराबरी खेलेका छन् । उनको बराबरको स्ट्राइक रेटमा समान औसतमा रन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *