पोर्न वेबसाइटमा अनलाइन कक्षा होस्ट गर्छन् यी शिक्षक – Nepal Press

पोर्न वेबसाइटमा अनलाइन कक्षा होस्ट गर्छन् यी शिक्षक

ताइपेय । कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए । महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे ।

ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन् । गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अनलाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन् ।

चाङशुम्याथ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ । उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ ।

रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन् । उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन् । सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए । तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन् । गत वर्ष उनले अलि फरक गर्ने निधो गरे । उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे ।

चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ । ’ सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन् । हरियो बोर्डमा हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन् ।

आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ । मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन् ।’

अहिले उनको आम्दानी पनि राम्रो भएको छ । उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन् । जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ । चााङुशुका अनुसार उनको पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन् । उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ । तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ ।’ –एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर