टी-२० विश्व कपमा दक्षिण अफ्रिकाको पहिलो जित – Nepal Press

टी-२० विश्व कपमा दक्षिण अफ्रिकाको पहिलो जित

काठमाडौं । वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो । अर्कातिर, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा एडिन मार्क्रमले अविजित रहँदै सर्वाधिक ५१ रनको बनाए ।

यस्तै भान डेर डुसेनले अविजित ४३ रनको इनिङ खेले । यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । केइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

यस सँगै पहिलो जित निकालेको अफ्रिकाले दुई खेलबाट २ अंक जोड्दै समूह-१ बाट चौथो स्थानमा रहेको छ । यस्तै लगातार दोस्रो खेलमा पराजित वेष्ट इन्डिज पुछारमा रहेको छ । समूह–१ मा एक खेलबाट २ अंक बनाएको इंग्ल्याण्ड शीर्षस्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर