प्रचण्डले भने- अब मैले चितवन छोड्नै मिलेन, ‘अन्तिमपटक’ यहीँबाट चुनाव लड्छु (भिडिओ) – Nepal Press

प्रचण्डले भने- अब मैले चितवन छोड्नै मिलेन, ‘अन्तिमपटक’ यहीँबाट चुनाव लड्छु (भिडिओ)

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले चितवनमा महाधिवेशन गर्नु आफ्नो लागि खुसीको कुरा भएको बताएका छन् । यस महाधिवेशनले आफूलाई चुनाव जित्न सघाउने विश्वास उनले व्यक्त गरे ।

चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग भने, ‘एमालेले मलाई कति महत्व दिएको रहेछ र प्रचण्डको भूमिका के रहेछ भन्न चितवनका जनताले राम्रै बुझ्न पाउने भए ।’ बुटवलमा गर्ने भनिएको महाधिवेशन अन्तिम समयमा मेरै जिल्लामा गर्ने निर्णय लिनु खुसीको कुरा हो ।’

प्रचण्डले आफूमाथि केन्द्रित गरेर एमालेले चितवनमा महाधिवेशन गर्न लागेको चर्चा गरे ।

‘एमालेले यहीँ महाधिवेशन गरेपछि म अब चितवन छाड्ने कुरै भएन,’ उनले भने, ‘फेरि चितवनबाटै चुनाव लड्छु ।’

प्रचण्डले आगामी संसदीय निर्वाचन आफ्नो अन्तिम हुन सक्ने संकेत गरे ।

उनले भने, ‘चितवनभन्दा बाहेक मैले अरु केही सोचेकै छैन । सायद चुनाव लड्ने यो मेरो अन्तिम हुन पनि सक्छ । हाम्रो महाधिवेसन आउँदैछ । नेतृत्व परिवर्तनबारे पनि छलफल गर्दैछौं । चितवन छोड्ने कुरा छैन ।’

प्रचण्डले अहिले आफू पूर्णरुपमा तनावमुक्त रहेको बताए ।

उनले भने, ‘अहिले मलाई केही पनि तनाव छैन । गठवन्धन सरकारले पूर्णता पाएको छ । सरकारले काम गरिरहेको छ । मलाई केको तनाव छ र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर