महाअभियोगबारे गठवन्धनले एक-दुई दिनमा धारणा बनाउँछ: प्रचण्ड (भिडिओ) – Nepal Press

महाअभियोगबारे गठवन्धनले एक-दुई दिनमा धारणा बनाउँछ: प्रचण्ड (भिडिओ)

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले राजीनामा नगरे महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भरतपुर विमानस्थलमा पत्रकाहरूसँग कुराकानी गर्दै उनले भने, ‘हिजो ३ दलबीच छलफल भयो, पाँचवटै दल जुटेर यो बारेमा छलफल गरिनेछ ।’

महाअभियोग लगाउने सम्भावना छ त ? भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिए, ‘त्यसको अहिले चर्चा नै गरेका छैनाै‌ हामीले, प्रसंग नै छैन ।’

उनले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको बताए । प्रचण्डले भने, ‘अहिले डिबेट चलिरहेको छ, एक दुई दिनमा उचित निष्कर्षमा पुग्नेछ ।’

गजेन्द्र हमाल प्रधानन्यायाधीसको कोटाबाट नभइ कांग्रेस कोटाबाट मन्त्री बनेको प्रचण्डले दोहोर्‍याए ।

‘मैले यहीँ आएर पनि बोलेको थिएँ, उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको हो । म बोलेर गएँ, उहाँले राजीनामा दिनुभएछ,’ उनले भने, ‘नयाँ परिस्थिति बनेको छ, एक-दुई दिनमै सत्ता गठबन्धनले योबारे धारणा सार्वजनिक गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर