बानेश्वरको भ्वाङ टाल्न यसरी हुँदैछ काम (तस्बिरहरु) – Nepal Press

बानेश्वरको भ्वाङ टाल्न यसरी हुँदैछ काम (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर मीनभवन सडकखण्डमा परेको भ्वाङ टाल्ने काम शुरु भएको छ । सडक विभागले सोमबार दिउँसोदेखि नै सडकको बीच भागमा परेको भ्वाङ पुर्न शुरु गरेको हो ।

सोमबार बिहान मीनभवनको मुख्य सडक भ्वाङ परेको थियो । शुरुमा सानो भ्वाङ परेपछि ट्राफिक प्रहरी उक्त सडकको यातायात डाइर्भसन गरेको थियो ।

उक्त सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको थियो ।सडकमुनि भएको मगंल फुटेर वरिपरिको माटो वर्षाको पानीले बगाएपछि सडकमा भ्वाङ परेको हुन सक्ने ट्राफिक प्रहरीले बताएको छ ।

सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका छन् । उनीहरुका अनुसार उक्त भ्वाङ पुर्न अझै दुई तीन दिन लाग्ने बताइएको छ ।

अहिले उक्त क्षेत्रबाट एकतर्फीमात्रै यातायात सञ्चालन गरिएको ट्राफिक प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर