६ वर्षपछि काठमाडौंमा युना : गीत रेकर्ड गर्नेदेखि फिल्म खेल्नेसम्मको योजना – Nepal Press

६ वर्षपछि काठमाडौंमा युना : गीत रेकर्ड गर्नेदेखि फिल्म खेल्नेसम्मको योजना

काठमाडौं । डेढ दशकअघिको हिट फिल्म ‘पर्खि बसेँ’बाट चर्चाको शिखरमा पुग्दै गर्दा नायिका युना उप्रेती अमेरिका भासिइन् । त्यतै बिहे र घरजम समेत गरिन् ।

लाइमलाइटबाट एकाएक ओझेलमा परेकी उनी सन् २०१५ मा सुटुक्क नेपाल आइन् र फर्किइन् । उनै युना अहिले लामो समय बस्ने गरी काठमाडौं आएकी छिन् । डिसेम्बरसम्म नेपालमा रहने उनले यसबीचमा फिल्म समेत खेल्ने योजना बुनेकी छिन् ।

‘म डिसेम्बरसम्म नेपालमै रहन्छु र यसबीचमा फिल्ममा कसैले अफर गर्छ भने म खेल्न रेडी छु’ युनाले भनिन्, ‘किनभने यसबीचमा नेपाली फिल्म इन्डस्ट्रिमा आएको परिवर्तनलाई नजिकबाट नियालेकी छु ।’

आफैले फिल्म बनाउने योजना नभएपनि अफर आएमा फिल्म खेल्ने उनले बताइन् । म्युजिक भिडिओ र सांगीतिक प्रोजेक्टको तयारी समेत रहेको उनले खुलाइन् ।

गायिका समेत रहेकी युनाले नयाँ गीत रेकर्डको तयारी गरेकी छिन् । ‘यसका लागि तयारी गरेकी छु’ उनले भनिन् ।

अमेरिका रहँदा एनआरएन विकास अधिकारीसँग बिहे गरेको र आफ्नो एक छोरी सन्तानको रुपमा रहेको समेत युनाले बताएकी छिन् । यसैमहीना काठमाडौंमा आइपुगेकी युनाले राम्रोसँग फिगर मेन्टेन गरेकी छिन् ।

युनाले हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस लगायतका फिल्ममा अभिनय समेत गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर