नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल – Nepal Press

नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिका सुचारु गर्न छलफल थालेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रभावित बनेको १४ औं महाधिवेशनको कार्यतालिका सुचारु गर्न पदाधिकारी र निर्वाचन समितिसँग छलफल थालेका हुन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

जारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर