हालान्ड २०२२ सम्म मैदान बाहिर रहने सम्भावना – Nepal Press

हालान्ड २०२२ सम्म मैदान बाहिर रहने सम्भावना

काठमाडौं । बोरुसिया डर्टमन्डका नर्वेजियन फरवार्ड एर्लिङ हालान्ड अर्को वर्षसम्म मैदान बाहिर रहने सम्भावना देखिएको छ ।

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीपछि बुन्डेसलिगामा जारी सिजन दोस्रो सर्वाधिक गोलकर्ता हालान्डले ‘हिप’को इन्जुरीका कारण यो क्यालेन्डर इयर नै गुमाउने खतरा बढेको हो ।

यसै साता पनि डर्टमन्डले अर्मिनियाविरुद्ध जित हासिल गर्दा हालान्ड टोलीमा अनुपस्थित थिए । डर्टमन्डका प्रशिषक मार्को रोजले यसअघि नै २१ वर्षीय हालान्ड केही हप्ताका लागि बाहिर रहने बताइसकेका थिए ।

‘एर्लिङ केही साताका लागि मैदान बाहिर रहनेछन्,’ उनले भनेका थिए, ‘उनको हिपमा चोट लागेको छ । त्यसैले उनले खेल्न सक्ने अवस्था छैन ।’

तर, बिल्डको जानकारी अनुसार हालान्डको हिपको समस्या पूर्ण रूपमा निको हुनका लागि कम्तीमा ६ हप्ता लाग्ने भएकाले उनी यो वर्ष फेरि मैदान फर्किने सम्भावना न्यून छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *