सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः ओली (भिडिओ) – Nepal Press

सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसदको नेतृत्व ठीक नभएको टिप्पणी गरेका छन् । सभामुख नै एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएकाे उनले आराेप लगाए ।

सभामुख अग्निप्रसाद सापकोटाप्रति पहिलेदेखि नै आक्रोस पोख्दै आएका ओलीले एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई आफ्नो पार्टीविरुद्ध काम गर्न सहयोग पुर्‍याएको आरोप लगाए ।

‘नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्नका लागि सजिलो बनाइदिने,’ ओलीले भने, ‘व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न सकेन । निस्प्रभावी भयो र पक्षपातपूर्ण भयो । त्यसको नेतृत्व नै ठीक भएन ।’

ओलीले आफ्नो सरकारले ल्याएका अध्यादेश खारेज गर्ने र संसदमा विचाराधीन विधेयक पनि अगाडि नढाइएको बताए । ओलीले चार वर्षअघि जनताले दिएको जनादेशको व्यवस्थापिकामा दुरुपयोग भएको पनि आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर