लेकसाइडको होटलमा काम लगाइदिन्छु भन्दै यौन शोषण गर्ने दुई जना पक्राउ – Nepal Press

लेकसाइडको होटलमा काम लगाइदिन्छु भन्दै यौन शोषण गर्ने दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पोखराको बैदामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पोखराको लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगा दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास  देखाएर बाध्य पारी यौन शोषण गर्न लगाउने गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लेकसाइइबाट उद्धार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर