ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ) – Nepal Press

ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे ।

एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के-के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए । अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ ।

ओलीले थपे, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने । यो राखे आफू नबस्ने भन्ने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गर्ने । पोल खोलाखोल गर्दै गर्ने । यो ठीक भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर