झारफूक गर्ने बहानामा श्रीमती र छोरीको टाेकेर हत्या – Nepal Press

झारफूक गर्ने बहानामा श्रीमती र छोरीको टाेकेर हत्या

इलाम । झारफूक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भएको थियो ।

टोकेर श्रीमती र छोरीको मृत्यु भएपछि अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *