प्रधानन्यायाधीशले आफूबाहेककालाई पेसी तोके, १४ न्यायाधीश इजलासमा भने नबस्ने – Nepal Press

प्रधानन्यायाधीशले आफूबाहेककालाई पेसी तोके, १४ न्यायाधीश इजलासमा भने नबस्ने

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको मुद्दाको सुनुवाइका लागि आफूबाहेकको पेसी तोकेका छन् ।

न्यायाधीशहरूसँगको छलफलअघि राणाले तोकेको आजको पेसी सूचीमा उनी आफू भने छैनन् । राणाले न्यायाधीश नहकुल सुवेदीलाई मात्रै एकल इजलास तोकेका छन् भने अन्य ७ इजलासमा २-२ जना न्यायाधीश तोकिएका छन् ।

प्रधान्यायाधीश राणाले इजलास तोके पनि १४ जना न्यायाधीश इजलासमा नबस्ने भएका छन् । १४ जना न्यायाधीशले निकासका लागि मार्ग प्रशस्त गर्न दबाब दिइरहेका छन् । प्रधानन्यायाधीश र ती न्यायाधीशरूबीचको छलफल भर्खरै सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर