तीन महिनामा एनसीएचएलबाट ४१.२ खर्बको कारोबार – Nepal Press

तीन महिनामा एनसीएचएलबाट ४१.२ खर्बको कारोबार

काठमाडौं । एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्टआईपीएसको कारोबार उल्लेख्य बढेको छ । विद्युतीय कारोबारको बढ्दो प्रयोग र विद्युतीय कारोबारमा राष्ट्र बैंकको प्रोत्साहनका कारण पछिल्लो समयमा डिजिटल भुक्तानीका प्रयोगकर्ता बढेका हुन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीमार्फत ४१.२ खर्ब भएको कम्पनीले जनाएको छ । यसका लागि १ करोड ७१ लाख भन्दा बढी कारोबारहरू प्रोसेस र फर्छ्यौट गरेको बताइएको छ । गत आर्थिक वर्षको तुलनामा यस्तो वृद्धिदर १०७ प्रतिशत भएको कम्पनीको तथ्यांकले देखाएको छ ।

पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब बराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएको छ । बैंकका शाखा तथा एनपीआईबाट आईपीएसमा गरिने कारोबार संख्या ३२ लाख ८६ पटकमा ५.५ खर्ब बराबर कारोबार भएको छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाले एममार्फत प्रयोग हुने वैकल्पिक कनेक्टआईपीएसमा ९७ लाख ४७ हजार कारोबार संख्याबाट ६.९ खर्ब कारोबार भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर