‘१४ भाइ’को आचारसंहिता- प्रधानन्यायाधीशसँग आनन्दमोहनले मात्र कुरा राख्ने – Nepal Press

‘१४ भाइ’को आचारसंहिता- प्रधानन्यायाधीशसँग आनन्दमोहनले मात्र कुरा राख्ने

काठमाडौं । सोमवार बोलाइएको फुलकोर्ट र इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई भेटेर परामर्श गर्दैछन् ।

वरिष्ठतम न्यायाधीश दीपक कार्कीसहित १३ जना न्यायाधीश सोमवार दिनभर छलफलमा बसेका थिए । उनीहरुले फुलकोर्ट बहिस्कार गरेकोमा नेपाल बार एशोसियसनले समेत निन्दनीय भनेको छ ।

न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको भनिए पनि छलफलमा त्यो निष्कर्ष नआएको एक न्यायाधीशले बताए ।

न्यायाधीशहरुका आ-आफ्ना राय आएको र आज प्रधानन्यायाधीशसँग परामर्श गर्ने कुरामात्र भएको ती न्यायाधीशको भनाइ छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीशसँगको छलफलमा एकजनाले मात्र बोल्ने आचारसंहिता बनाइएको छ । एकभन्दा बढीले बोल्दा प्रधानन्यायाधीशको पक्षमा पनि राय देखिने भएकाले आनन्दमोहन भट्टराईलेमात्र १४ न्यायाधीशको तर्फबाट बोल्ने आचारसंहिता अनौपचारिक रुपमा तय भएको छ ।

न्यायाधीशहरुको बहुमत जुटाएर प्रधानन्यायाधीशको राजीनामा माग्ने पद्दति बस्यो भने न्यायपालिका समाप्त हुने भन्दै कतिपय न्यायाधीशले केही भूतपूर्व प्रधानन्यायाधीशले बाहिरबाट अदालत चलाउन खोज्दा संकट उत्पन्न भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर