लुम्बिनीमा नेकपा एसले १ सय ६१ सदस्यीय प्रदेश कमिटीलाई दियो अन्तिम रूप – Nepal Press

लुम्बिनीमा नेकपा एसले १ सय ६१ सदस्यीय प्रदेश कमिटीलाई दियो अन्तिम रूप

रूपन्देही । नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको सचिवालय बैठक सम्पन्न भएको छ।

बैठकले १६१ सदस्यीय प्रदेश कमिटीको नामावलीलाई अन्तिम रूप दिएको छ । बैठकले आगामी मंसिर ३ देखि १६ गतेसम्म सबै जिल्लामा जिल्ला भेला गर्ने चरणबद्द कार्यतालिका पास गरेको र केही अतिआवश्यक विभागहरू आर्थिक विभाग, प्रचार विभाग, राज्य व्यवस्था विभागका प्रमुख र कार्यलय सचिव पनि तोकेको नेता सिद्विचरण भट्टराईले जानकारी दिए ।

बैठकले वडा तहसम्म कमिटी बनाउने कार्ययोजना केन्द्रको सर्कुलर बमोजिम मंसिर ३ अघि सक्न, वर्गीय संगठनको जिल्ला नेतृत्व निर्माण अभियान चलाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । आजको बैठकमा सबै जिल्ला अध्यक्षहरूले जिल्लाको सांगठनिक र राजनीतिक अबस्था प्रस्तुत गरेको उनले बताए ।

बैठकमा प्रदेश सरकारका बजेट लगायतको कामको समीक्षा, किसानलाई परेको क्षतिप्रति क्षतिपूर्तिको माग, गठबन्धन दलहरूको भूमिकाको गम्भीर समिक्षा भएको यसबारे प्रदेशका मुख्यमन्त्री र संघीय सरकारसंग छलफल गरिने निर्णय भएको छ । प्रदेश अध्यक्ष मेटमणि चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको सचिव राजु गुरूङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर