सुर्खेतमा एमालेको अधिवेशन भोली, ९९ वडामामै सर्वसम्मत नेतृत्व चयन हुने – Nepal Press

सुर्खेतमा एमालेको अधिवेशन भोली, ९९ वडामामै सर्वसम्मत नेतृत्व चयन हुने

सुर्खेत । नेकपा एमाले सुर्खेतले भोली कात्तिक ९ गते वडा अधिवेशन सम्पन्न गर्ने भएको छ । संघीय तर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ९९ वटा वडाहरु रहेका छन् ।

वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । ‘हाम्रा नौ वटै पालिकाका ९९ वडामा भोली वडा अधिवेशन सम्पन्न हुने छ ।’ उनले भने, ‘त्यसकालागि सबै साथीहरु लागिसक्नु भएको छ । सबै वडाअध्यक्ष र पदाधिकारी एवम सदस्यहरु सर्वसम्मत चयन हुने भएका छन् ।’

कुनैपनि वडामा निर्वाचन नहुने बताउँदै अध्यक्ष शाहीले एकताबद्ध एमालेको सन्देश दिनका लागि सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्न थालिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर