एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत लाभांश दिने – Nepal Press

एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोमबार बसेको बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि करिब ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकिङ कारोबारमा निकै आक्रमकताका साथ प्रस्तुत हुने यस बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा कम लाभांश वितरण प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट यस बैंकले करिब २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ । लाभांश सम्वन्धी प्रस्ताब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारण सभाले पारित गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर