प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन: बार एसोसियसन – Nepal Press

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन: बार एसोसियसन

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेको छ । बार एसोसिएसनको आज बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएकोले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बैठले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायाधीश राणाले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो ।

प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ । एक पदाधिकारीका अनुसार बारका थप निर्णय र कदमबारे भोली सल्लाहकार र पूर्व अध्यक्षहरुसँग समेत छलफल गरिनेछ ।

यसअघि आजै सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानन्यायाधीश राणाले तोक्ने इजलासमा सहभागि नहुने निर्णय समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर