सेयर बजार परिसुचक नेप्से ८७.६३ अंकले बढ्यो, ४ अर्ब ३० करोड रुपैयाँको कारोबार – Nepal Press

सेयर बजार परिसुचक नेप्से ८७.६३ अंकले बढ्यो, ४ अर्ब ३० करोड रुपैयाँको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से करिब ८७.६३ अंकले बढेको छ । २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेचबाट ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत १३.६१ अंकले बढ्दै ५०४.५७ अंकको बिन्दु पुगेको छ ।समूहगत परिसुचकतर्फ १३ वटै समूहको सुचाङ्क बढेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको ५३७.०१ अंकले बढेको छ । यसैगरी नीर्जीवन बीमा समूहको ४६७.७ अंक, बिकास बैंकको ३०२ अंक,जलविद्युत समूहको २०१ अंक, वित्त कम्पनीको १७७ अंक, उत्पादनमुलक समूहको १४३ अंक, लघुवित्त वित्तीय समूहको २१२ अंक र पर्यटन तथा होटल समूहको ८२ अंक बढेको छ ।

आज करिब १९ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर