भोलिदेखि काठमाडौंमा अस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने – Nepal Press

भोलिदेखि काठमाडौंमा अस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने

काठमाडौँ । कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोपको दोस्रो मात्रा भोलिदेखि काठमाडौं जिल्लामा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै ९ गतेबाट काठमाडौंका आठवटा स्थानीय तहमा पहिलो डोज लगाएका १८ वर्षमाथि उमेर समूहलाई दोस्रो डोज दिन लागेको जनाएको छ ।

काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाबाट खोप प्रदान गरिने भएको छ ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप दिइनेछ । उक्त खोप अभियान स्थानीय तहका खोप केन्द्रमा तीन दिन र तोकिएका अस्पतालमा दुई दिन सञ्चालन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर