उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ – Nepal Press

उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका -६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् ।

आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *