राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही – Nepal Press

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।

हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई वैधानिक तरलता अनुपातअनुसार मौज्दात रकम नपुर्‍याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *