सुनको मूल्य ३०० सय बढ्यो – Nepal Press

सुनको मूल्य ३०० सय बढ्यो

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० कायम भएको छ । आइतबार ९२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १२ सय ६५ पुगेको छ । आइतबार प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर